कक्षा १२ को परीक्षा आजदेखि
भक्तपुर, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न हुनेछ । परीक्षामा आज पहिलो दिन देशभर अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।
शिक्षा ऐनको आठौँ संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तनपछि पहिलो पटक भएको सो परीक्षालाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् एसएलसिई परीक्षासमेत भनिएको छ ।
विगतका वर्षमा कक्षा १० मा सञ्चालन हुँदै आएको माध्यमिक शिक्षाको अन्तिम परीक्षा अर्थात् ‘एसएलसी’ ऐन संशोधन भएसँगै यस वर्षदेखि कक्षा १२ मा भएको हो । देशभरका नौ सय ९० परीक्षा केन्द्रबाट तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा एक लाख ७६ हजार छ सय १२ छात्र र एक लाख ७६ हजार चार सय छात्रा छन् । कक्षा १२ मा ९८ फरक फरक विषयको परीक्षा भएको छ ।
परीक्षामा ३५ हजार सात सय जनशक्ति परिचालन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षालाई नै एसएलसिई परीक्षाका रुपमा पहिलो पटक सञ्चालन गरिएको परीक्षा नियन्त्रक अर्यालले जानकारी दिनुभयो ।
परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गरिने बताइएको छ । परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तःमनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षामा अमर्यादित काम गरेको पाइएमा छ महिना कैद र रु एक लाखसम्म जरिवाना गरिने भएको छ । रासस
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...