संशोधन प्रस्ताव हेरेर मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने
काठमाडौं १० बैशाख । संविधान संशोधन प्रस्तावका विषयमा एमालेले प्रस्ताव हेरेपछि मात्रै प्रतिक्रिया दिने भएको छ । आफूलाई भेट्न बालकोटस्थित निवासमै आएका प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले सो वताएका हुन् ।
साथै प्रचण्ड र ओलीको भेटबारे जानकारी दिँदै प्रधानमन्त्री निकट स्रोतले दुई चरणमा गर्न लागिएको निर्वाचनबारे केपी ओलीबाट सकारात्मक प्रतिक्रिया आएको जनाएको छ । संविधान संशोधन प्रस्तावमाथिको परिमार्जनका बारेमा चाहिँ प्रस्ताव हेरेपछि समर्थन वा विरोध गर्ने ओलीले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र ओलीवीच आइतबार करिब २० मिनेटसम्म कुराकानी भएको थियो । प्रधानमन्त्रीले बालुवाटारमा शनिबार साँझ मधेसी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे जानकारी गराएका थिए ।
ओलीले संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने अवस्था नरे पनि विरोधका एमालेको विरोधका बाबजुद पनि प्रक्रिया अघि बढ्न सक्ने सकारात्मक अभिव्यक्ति दिएको स्रोतले बतायो ।
दुई चरणको निर्वाचनबारे कुरा गर्दा बजेट घोषणाका बारेमा पनि छलफल भएको थियो । यस सन्दर्भमा बजेटको मिति सार्न सकिने विषयमा पनि छलफल भएको स्रोतले बतायो ।
ओलीको नरम अभिव्यक्तिपपछि प्रधानमन्त्री संविधान संशोधन प्रस्ताव दुई तिहाइले पारित गरेर दुई चरणमा निर्वाचन गराउन सकिने निश्कर्षमा पुगेको स्रोतले बतायो ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












