ताजा समाचार

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकको आह्वान गरे

काठमाडौं, १४ बैशाख।  दाहाल ( प्रचण्डले ) स्थानीय चुनाव र संविधान संशोधनबारे छलफल गर्न सर्वदलीय बैठकको आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार संघीय गठबन्धनका नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन् । बैठकमा संसद सञ्चालन र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको थियो ।

बैठकमा संविधान संशोधन विधेयकलाई द्रुतमार्गबाट पारित गर्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षमान पुन र संघीय गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org