ताजा समाचार

अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा नष्ट

रत्ननगर ( चितवन ), १४ वैशाख । चितवनमा प्रहरीले १० दिनको अन्तरालमा जिल्लाका विभिन्न क्षेत्रबाट कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा वैशाख ४ गतेदेखि आजसम्म कच्चा पदार्थसहित २३ हजार ५५० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले आज दिएको जानकारीअनुसार घरेलु मदिरा उत्पादन गर्ने भट्टीमै पुगेर नियन्त्रण अभियान चलाइएको छ ।

आजसम्म घरेलु मदिरा बनाउने कच्चा पदार्थ १८ हजार ४६० लिटर र तयारी मदिरा पाँच हजार ९० लिटर नष्ट गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै जिल्लामा प्रहरीले १० वटा युनिट परिचालन गरेर घरेलु मदिरा नियन्त्रण अभियान चलाएको जनाएको छ । सो अभियानका क्रममा मदिरा बनाउन प्रयोग हुने २३३ थान भाँडासमेत बरामद गरेको छ । केही क्षेत्रका मदिरा बनाउने भट्टीसमेत भत्काइएको प्रहरीले जनाएको छ ।

जिप्रका, चितवनले भरतपुरसहित नारायणगढ, चनौली, गीतानगर, भण्डारा, लोथर भोजाड, दिव्यनगर बछ्यौली, मुग्लिन क्षेत्रमा एकैचोटी अभियान चलाइरहेको छ । निर्वाचन नजिकिएसँगै घरेलु मदिराको प्रयोग बढ्न सक्ने र यसले अपराधलाई प्रश्रय दिने आशङ्कामा निगरानी बढाइएको प्रहरीले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org