ताजा समाचार

एमालेको घोषणापत्र दुई दिनपछि

काठमाडौँ, १५ वैशाख । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र अबको दुई दिनपछि सार्वजनिक गर्ने भएको छ ।

आज सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेका स्थायी कमिटीको बैठकमा घोषणापत्रको अन्तिम मस्यौदा र महानगरहरुका उम्मेदवार चयनका विषयमा छलफल भएको सो पार्टीले जनाएको छ ।

बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने सरकारको निर्णयका सम्बन्धमा पनि छलफल भएको थियो । पार्टीका सचिव एवम् केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले अधिकांश प्रदेशका स्थानीय तहमा उम्मेदवार सिफारिस र तय भइसकेको बताउँदै घोषणापत्र चाँडै जारी हुने बताउनुभयो । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org