विमानस्थल विस्तारमा नौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको रुचि
काठमाडौ, १५ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले रुचि देखाएका छन् । स्पेनिस कम्पनी साञ्जोसेसँगको निर्माण सम्झौता रद्द भएको करिब तीन महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी बोलपत्र आह्वान गरेको छ ।
फागुन २३ गते विमानस्थलको स्तरोन्नतिका लागि गरिएको बोलपत्र आह्वानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी नौवटा कम्पनीले प्रस्ताव पेस गरेको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गर्न सक्ने गरी तीन तहका कामका लागि वैशाख ७ गतेको अन्तिम मिति राखेर बोलपत्र गआह्वान गरेको थियो। प्राधिकरणले गरेको आह्वानमा १ नम्बर अन्तर्गतको रन वे विस्तारका लागि १९ वटा कम्पनीले आवेदन फारम लगेता पनि पाँचवटा कम्पनीले मात्रै प्रस्ताव पेस गरेको उनले जानकारी दिए ।
रन वे विस्तारका लागि चाइना रेल वे, सांघाइ कस्ट्रक्सन, कालिक टुन्डी जेभी, सांघी कस्ट्रक्सन र स्टारपाग इन्टरनेसनले मात्रै टेन्डर दाखिला गरेको हुन् । १ नम्बर समूह अन्र्तगतको कामका लागि प्राधिकरणले ५।८ मिलियन डलर भित्र काम गर्ने गरी बोलपत्र आह्वान गरेको थियो ।
यसैगरी दुई नम्बर अन्र्तगतको इन्टरनेसनल टर्मिनल भवन विस्तारका लागि पनि १९ वटै कम्पनीले फारम लगे पनि टेन्डर दाखिलको अन्तिम दिनसम्म चारवटाले मात्र प्रस्ताव पेस गरेको श्रेष्ठले जानकारी दिए ।
यसमा कन्टिच लुम्बिनी जेभी, सांघाइ कस्ट्रक्सन, टुन्डी रसुवा जेभी र शर्मा प्रेरा आशिषले मात्रै टेन्डर दाखिल गरेका छन् । २ नम्बर अन्र्तगतको कामका लागि प्राधिकरणले ७ मिललियन अमेरिकी डलरको भित्र काम गर्नेगरी बोलपत्र आह्वान गरेको थियो ।
यसैगरी ३ नम्बर अन्तर्गतको वाटर स्पलाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउस लगायत कामका लागि भने कुनै पनि कम्पनीले टेन्डर दाखिल नगरेको उनले जानकारी दिए । टेन्डर आह्वान भएपछि फारम लैजाने आठवटा कम्पनी थिए । ३ नम्बर अन्र्तगतको कामका लागि भने १।८ मिलियन अमेरिकी डलरको सिमा तोकेको थियो । अब पुनः प्राधिकरणले यसका लागि टेन्डर आह्वान गर्नेछ ।
१ नम्बर र २ नम्बर अन्तर्गतको काम गर्न टेन्डर दाखिल गर्ने कम्पनीका विषयमा अहिले प्राधिकरणले टेन्डर मूल्यांकन गरिरहेको छ । अबको १५ दिन भित्रै नै फानल हुने श्रेष्ठले जानकारी दिए । प्राधिकरणले टेन्डर फारम लिँदा रकम र्फिता नहुने गरी १ र २ नम्बरका लागि २२ हजार ६ सय रुपैयाँ र तीन नम्बरका लागि ११ हजा तीन सय रुपैयाँ लिएको थियो ।
विमानस्थल विस्तारका लागि प्रस्ताव पेस गर्ने सांघाई कन्स्ट्रक्सनले भने अहिले कंलकी–कोटेश्वर खण्डको १० किलो मिटर सडक आठ लेन बनाउने काम गरिरहेको छ । साञ्जोसेले तोकिएको समयमा काम गर्न नसकेपछि प्राधिकरणले मंसिर २४ सम्झौता रद्द गरेको थियो ।
सम्झौता रद्द गरे पनि प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम एउटै समूहमा एउटै कम्पनीले मात्र गर्ने नसक्ने ठहर गर्दै काममो वर्गीकरण गरेर टेन्डर गरेको थियो । साञ्जोसे र प्राधिकरणबीच सन् २०१२ मार्चमा तीन अर्ब ८१ करोडमा विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो । तर, निर्धारित समयमा १७ प्रतिशतमात्र काम सम्पन्न भएको भन्दै प्राधिकरणले सम्झौता रद्द गरेको हो । साञ्जोसेले नजिकैको पशुपति क्षेत्रबाट माटो ल्याएर विमानस्थल बनाइरहेको थियो ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...