देशका विभिन्न ठाउँमा भीषण आगलागी
लहान, १७ वैशाख । सिरहा नगरपालिका–१७ स्थित एक फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
विद्युत् सर्ट भई सिरहा नगरपालिका–१७ स्थित बस्ने बेचन यादवको फर्निचर उद्योगमा सुरु भएको आगलागीबाट फर्निचर तथा फर्निचर बनाइने अन्य काठपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी, वारुणयन्त्र तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै चुरे क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी भइरहेको छ ।
नाइलदेखि पश्चिम धारापानी खोलासम्मको लखने र बेलगाडा क्षेत्रको तीन किमीको दायरामा भएको आगलागीबाट चुरे क्षेत्रमा रहेका बोटविरुवा तथा काठ जलेर नोक्सान भएको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।
भालु खोलादेखि पश्चिम धारापानी खोलासम्मको क्षेत्रको आगलागी सामुदायिक वनका हेरालुको सहयोगमा नियन्त्रणमा लिइए पनि हावाहुरी चल्न थालेकाले भिरालो जमिनको माथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेकाले अन्य क्षेत्रको आगलागी नियन्त्रणमा लिन नसकिएको उहाँले बताउनुभयो ।
आगलागीका कारण चुरे क्षेत्रमा रहेका जङ्गली जनावर तराईतर्फका वन र बस्तीमा जान थालेकाले चोरी, सिकार हुने प्रबल सम्भावना बढेको सल्लेरी सामुदायिक वनका अध्यक्ष मोहन ऐरले बताउनुभयो । आगलागी नियन्त्रणका लागि वन कार्यालयको टोली भने त्यसतर्फ पुग्न सकेको छैन । रासस
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












