ताजा समाचार

सरकारी निवास छाड्ने निलम्बित प्रधानन्यायाधीश कार्कीको तयारी

काठमाडौं, १८ बैशाख । निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेकी छन् ।

संसदमा महाअभियोग दर्ता भएको भोलिपल्ट सोमबार कार्की धापासीस्थित आफ्नो घरमा पुगेकी छन् । ‘एक दुई दिन लाग्न सक्छ, उहाँ सरकारी निवास छाड्ने तयारीमा हुनुहुन्छ’ कार्की निकट स्रोतले बतायो ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार कांग्रेस र माओवादीका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यससँगै कार्की निलम्बनमा परेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org