पत्रकार न्यौपानेको पुस्तक कर्ममाथि विशेष परिचर्चा : कसले के भने ?
काठमाडौं । पत्रकार दामोदर न्यौपानेको दोस्रो पुस्तक कर्म : सिकाइमा गहिरिएको खाडलमा केन्द्रित भएर बाल क्बल संजाल काठमाडौंले ‘कर्मसंग बालबालिका’ विषयमा बालमैत्री अन्र्तक्रिया आयोजना गरेको छ । जिल्ला बालक्लब संजालको आयोजनामा महेन्द्र राष्ट्रिय माविमा भएको कार्यक्रममा पुस्तकमा केन्द्रित रहेर बहस गरिएको थियो ।
कार्यक्रममा बालक्कबल संजाल काठमाडौंका सल्लाहकार सिलवालले किताबमा समेटिएका विषयवस्तु मन छुने रहेको प्रतिक्रिया दिए । ‘यसमा भएका केही सफलताको कथाले केही गर्न प्रेरणा दिन्छ,’ सिलवालले भने, ‘अपांगता भएकाले त केही गरेका छन् भने हामी किन गर्न सक्दैनौं भनेर उत्साह दिन्छन् ।’
बालअधिकारकर्मी पवित्रा भट्टराइले किताबका हरेक च्याप्टर पढ्दा म आफैं पात्र हुँ की जस्तो अनुभूति भएको प्रतिक्रिया दिइन् । ‘किताब पढ्दा म पनि त्यही छु जस्तो लाग्छ,’ उनले सुनाइन्, ‘लेखाइ लोभ लाग्दो छ । म पनि न्यौपाने जस्तै लेखक बन्ने लक्ष्य छ ।’ पुस्तकका पात्र तथा व्यवहारिक शिक्षा कसरी दिलाउने भनेर कर्मले घचघचाउने प्रतिक्रिया दिए ।
साहित्यकार श्रीराम राइले कर्म आवाज विहिनहरुको आवाज भएको प्रतिक्रिया दिए ।, बालअधिकारकर्मी पवित्रा भट्टराई, पुस्तकका पात्र परशुराम शिवाकोटी युना सापकोटा लगायतले पुस्तक बालमैत्री समाज स्थापना गर्न झकझकाउने खालको भएको बताए ।

त्यसै अवसरमा पुस्तकका पुस्तक कर्म : सिकाइमा गहिरिएको खाडल र पत्रकारीता मार्फत बालबालिकाको विषय प्रभावकारी रुपमा उठाएको भन्दै कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेलाई सम्मान पनि गरिएको थियो ।
बालक्लब संजाल काठमाडौंले लेखक न्यौपानेलाई बालक्लब संजाल काठमार्डौंका अध्यक्ष राजाराम बस्नेत र क्लबका स्वयम्सेवी सहजकर्ता प्रविण सिलवालले न्यौपानेलाई संयुक्त रुपमा सम्मान हस्तान्तरण गरे । ‘मुलुकका विभिन्न भेगमा पुगेर आफूले देखे भोगेका कुरालाई कर्म पुस्तकमा समटेर बालअधिकार संवद्र्धन गर्न यहा“ले झकझकाउनु भएकोमा हामी ज्यादै उत्साहि छौं,’ सम्मान पत्रमा भनिएको छ,’ ‘कर्म बालबालिकाको क्षेत्रमा प्रभावकारी नतिजा ल्याउने दस्तावेज हो । यस्तो दस्तावेज ल्याउनु भएकोमा हामीलाई गर्व लागेको छ ।’ न्यौपानेको यो दोस्रो पुस्तक हो । शिक्षा, सिकाइ, बालबालिका लगायत क्षेत्रमा अध्ययन गरेर यो पुस्तक लेखिएको हो । उनको पुस्तक भर्खरै दोस्रो संस्करण बजारमा आएको छ । उनले यसअघि शसस्त्र युद्धका विषय समेटेर एम्बुसमा ६ वर्ष लेखेका थिए । उनको किताबको पहिलो संस्करण गत असोजमा आएको हो । दोस्रो संस्करण भने गत महिना बजारमा आएको थियो ।
यो पनि पढ्नुस् ।
http://news-nepal.com/%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%A6%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B8/
http://news-nepal.com/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%9A%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9/
http://news-nepal.com/%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%A6%E0%A4%BE%E0%A4%AE%E0%A5%8B%E0%A4%A6%E0%A4%B0-%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%87/
http://news-nepal.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A5%E0%A4%AE-%E0%A4%AC%E0%A4%BE%E0%A4%B2-%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0/
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












