ताजा समाचार

पोखरीमा बालिकाको शव फेला

महोत्तरी, २१ वैशाख । महोत्तरीको सोनमा गाउँपालिकामा एक बालिकाको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । आज एकाबिहानै साबिकका सुन्दरपुर गाविस–४ का विनोद रामकी ८ वर्षीया छोरी चञ्चला राम मृतावस्थामा पोखरीमा फेला परेकी छन् ।

गाउँभन्दा पाँचसय मिटर दूरीमा रहेको स्थानीयवासी गोवद्र्धन रायको पोखरीमा ती बालिकाको शव तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बुधबार दिनभरि हराइरहेकी ती बालिका आज पोखरीमा मृतावस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । मृतक बालिकाको शवपरीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org