ताजा समाचार

चौधरी बस्तीको गुजारा घुँगीको व्यापार

पथरी (मोरङ), २१ वैशाख । मोरङको पथरी शनिश्चरे–८ मा रहेको चौधरी बस्तीको दैनिकी गुजरा टार्ने एउटै माध्यम बनेको छ अहिले ‘घुँगी ’ । खोला तथा खेतबारीमा हिलोमा गाडिएको अवस्थामा पाइने ‘घुँगी’ यहाँका १५ घरपरिवार रहेका चौधरी बस्तीको गुजारा गर्ने व्यवसाय ‘घुँगी’को व्यापार बनेको हो ।

स्थानीय स्तरमा कमै पाइने ‘घँुगी’ टिप्न ऋषिदेव समुदायका मानिस भारतको खरियासम्म पुग्ने गरेको मोरङको पथरी शनिश्चरेका बाबुराम चौधरीले जानकारी दिनुभयो । “एक दिन लगाएर भारतको खरियादेखि घुँगी नेपाल ल्याउने गर्दछाँै”, चौधरीले भन्नुभयो । मोरङका पैनी, ताल, खोला, पानी जमेको खेत लगायतका क्षेत्रमा घुँगी खोज्दै दिन बित्ने गरेको स्थानीयवासी रमेश चौधरीको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “बिहान झिसमिसेमा जोगवनीमा पुगी रेलमा चढी भारतको खरियामा पुग्ने गरेको छौँ ।” त्यस दिन साँझसम्म लगाएर खोला र खेतीबारीमा घुँगी खोजेर एक÷दुई क्विन्टल जति बनाउँछाँै र भोलिपल्ट घर आउने गरेको चौधरीले बताउनुभयो । दुई÷चार दिन दिनको पूरै समय माया मारेर ‘घँुगी’ खोज्न लागिपर्ने गरेको उहाँहरु बताउनुहुन्छ । घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको अर्का घुँगी व्यापारी फूलावती देवी चौधरीले बताउनुभयो ।

घुँगी प्रतिकेजी रु ६० का दरले बिक्री गर्दै आएका छन् । हप्तामा तीनपटक भारतको खरियासम्म घँुगी खोज्न उहाँहरु पुग्ने गर्नुहुन्छ । घँुगीमा भिटामिन, रुघाले सताएको बेला यसको रस स्वादिलो हुने र रुघा ठीक हुने भएकाले सबै समुदायका मानिसले घँुगी खाने गरेको नियमितजस्तो घँुगीका पारखी स्थानीयवासी डिल्ली शर्माले बताउनुभयो ।

दैनिक ३० देखि ५० केजीसम्म घुँगी बिक्री गर्दै आएको बताउने बाबुराम चौधरीले हप्तामा रु सात हजारदेखि १० हजारसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । सो व्यवसायबाट पाँचजनाको परिवार धानेको चौधरीको भनाइ छ । चौधरी टोलमा उहाँजस्ता करिब ५० घुँगी व्यापारी छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org