ताजा समाचार

संघीय गठवन्धनले उपेन्द्र यादवलाई गर्यो कारबाही, अध्यक्षबाट हटाइयो

काठमाडौं,२३ बैशाख । संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ ।

मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ ।

मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनले भनेको छ, ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हाउने निर्णय गरिएको छ ।’

राजपा नेपालको कार्यालयमा बसेको बैठकले आफ्ना मुद्दाहरुलाई निष्कर्षमा पुर्‍याउन र संघर्षका कार्यक्रम अगाडि बढाउन भन्दै महन्थ ठाकुरलाई संयोजक चयन गरेको छ ।

साथै तत्काल संविधान संशोधन गरेर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । अन्यथा आन्दोलनका कार्यक्रम घोषणा गर्ने उसको चेतावनी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org