ताजा समाचार

भक्तपुरमा आगलागी, ५ घर जलेर नष्ट

भक्तपुर, २४ बैशाख । गएराति भक्तपुर नगरपालिकाको तेखापुखु टोलमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

राति साढे एक बजेतिरबाट लागेको आगोले स्थानीय कृष्णप्रसाद शिल्पकार, इन्द्र शिल्पकार, चन्द्रलाल शिल्पकार, दान बहादुर शिल्पकार, र पुरुषोत्तम शिल्पकारको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रण गर्न छेउँछाउँका घरहरु भत्काइएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतका सामानको क्षति भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन भक्तपुरसहित काठमाडौं र ललितपुर प्रहरीका दमकल पुगेका थिए । त्यस्तै, आगो निभाउन भक्तपुर नगरपालिका र नेपाली सेनाका ट्यांकरहरु पनि प्रयोग गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org