ताजा समाचार

प्रधानन्यायाधीश कार्की नियमित काममा,खोल्लीन त प्रचण्ड र देउवाको फाइल ?

 

काठमाडौं २४ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किएकी छन् ।

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतले तत्काल कामकारवाही अघि नबढाउन अन्तरिम आदेश दिनुको साथै तत्काल काममा फर्कन आदेश दिएको थियो । सोही आदेशलाई कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किएकी हुन् । प्रधानन्यायाधीश कार्की आईतबार बिहान साढे ९ बजे सर्वोच्च अदालत पुगेर आफ्नो दैनिक कामका सहभागी भएकी छन् ।

वरिष्ठ न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रबार व्यवस्थापिका संसदमा प्रस्तुत भएको महाअभियोगको प्रस्ताव प्रथम दृष्टिमा नै उपयुक्त आधार र कारण नदेखिएको भन्दै त्यसमाथिको कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो । फैसलामा स्वतन्त्र न्यायपालिकाको मर्म विपरित महाअभियोग प्रस्ताव पेश भएको भन्दै प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत रुपमा आफ्नो काम गर्न दिनु/दिलाउनु भनिएको थियो ।

प्रधानन्यायाधीश कार्की नियमित काममा फर्केपछि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका गोपाल पराजुली पुर्ववत वरिष्ठ न्यायाधीशमा फर्किएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादीका २ सय ४९ सांसदको हस्ताक्षर सहित बैशाख १७ गते व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org