ताजा समाचार

निर्वाचनका बेला बाबुरामलाई ठूलो नोक्सानी, चर्चित नेता ‘मामा’ माओवादी केन्द्रमै फर्किए

काठमाडौं, २५ वैशाख । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जीतबहादुर गुरुङ माओवादी केन्द्रमा फर्किएका छन् ।

गुरुङले सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आफू माओवादी केन्द्रमै सक्रिय रहने जानकारी दिएका हुन् । पोखराको गुरुङ समुदायमा रहेका जीतबहादुर पोखरामा ‘मामा’ नामले प्रख्यात छन् ।

युद्ध कालदेखि नै माओवादीको संगठन निर्माणमा क्रियाशील रहँदै आएका गुरुङ पछिल्लो समय नयाँ शक्तिमा क्रियाशील थिए ।

गुरुङले आशा गरेका नेता बाबुराम भट्टराई उपेन्द्र यादवको पछि लागेको र नयाँ शक्तिले देशको बैकल्पिक धारको नेतृत्व गर्न नसक्ने भएकाले आफू माओवादी केन्द्रमै फर्किएको बताए ।

नेकपा माओवादी केन्द्र नेतृत्व सरकारको कामबाट आफू प्रभावित भएको भन्दै गुरुङले विकास र समृद्धिको नेतृत्व गर्ने क्षमता माओवादीसँग मात्रै भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org