ताजा समाचार

काभ्रेमा राप्रपाका वडा सदस्य उम्मेद्वार मृत अवस्थामा भेटिए

काभ्रे २८ बैशाख । काभ्रेमा राप्रपाका उम्मेदवार सुतेकै अवस्थामा मृत भेटिएका छन् । स्थानीय तह निर्वाचनमा धुलिखेल नगरपालिका–१२ का राप्रपा वडा सदस्य उम्मेदवार सुकलाल तामाङ सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

बुधबार राति खान खाएर सुतेका ५५ वर्षीय तामाङ बिहीबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org