ताजा समाचार

निर्वाचन अहिलेसम्मकै खर्चिलो, २० अर्ब नाघ्ने

काठमाडौं, २९ बैशाख । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । स्थानीय तह निर्वाचनका लागि भने अहिलेसम्म १८ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

अझै थप २ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान सरकारको छ । ‘अहिलेसम्म १८ अर्ब रुपैयाँ निकासा भइसकेको छ,’ अर्थ मन्त्रालय बजेट व्यवस्थापन महाशाखाका उपसचिव ईश्वरी अर्याललले बिहीबार भने, ‘अझै २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org