ताजा समाचार

प्रहरी हिरासतको शौचालयमा एक युवकले आत्महत्या गरे

काठमाडौं, २९ बैशाख ।  प्यूठानमा एक कैदीबन्दिले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । प्यूठानको भिंगृमा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका स्वर्गद्धारी नगरपालिका वडा नम्बर ५ उपल्लो सारीका भुपेन्द्र गिरीले आत्महत्या गरेका हुन् । हिरासतसँगै रहेको शौचालयमा उनले मध्यराति करिव २ बजे ओड्ने–ओछ्याउने कपडाको पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई कुटपिट गरेको भन्दै उजुरी परेपछि बिहिवार २९ वर्षिय गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शौचालय गर्न गएका उनी केहि समय ढिलो गरेपछि हेर्दा झुण्डिएको अवस्थामा फेला परेको प्यूठान प्रहरीका प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

शौचालयको सिलिंगमा रहेको फलामको डण्डीमा कम्मल र तन्नाको डोरी बनाइ झुण्डिएको अवस्थामा गिरी फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खलंगाबाट प्रहरी नायव उपरिक्षक राठौर विहानै भिंगृ पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org