ताजा समाचार

दोलखाका विभिन्न ठाउँमा झडप, मतदान अझै सुरु हुन सकेन


दोलखा, ३१ बैशाख । मतदानका क्रममा दोलखाका विभिन्न ठाउँमा झडप भएको छ । दोलखाको विगु गाउँपालिकामा विभिन्न दलका कार्यकर्ताबिच असहमति भएपछि विगुको थम्पु मावि आलम्पुमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन् । यस्तै तामाकोशी गाउँपालिकाको झुलेमा विभिन्न दलका कार्यकर्ताबिच भएको झडपका कारण तनाव उत्पन्न भएको छ । त्यहाँ मतदान सुरु भएपनि बाहिर झडप कायमै रहेको छ ।

यस्तै दोलखाकै वैत्यऐश्वर गाउँपालिकाको जनज्याति माविमा पनि विभिन्न दलका कार्यकर्ताबिच झडप भएको छ । झडपमा केही घाइते भएका छन् । बाहिर झडप जारी रहेपनि भित्र कडा सुरक्षाबिच मतदान भइरहेको छ । झपडपछि जिल्लाको सुरक्षाव्यवस्था थप कडा पारिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org