ताजा समाचार

चुनावी झडपमा मर्नेको संख्या तीन पुग्यो, दोलखामा मात्रै २ जनाको मृत्यु

काठमाडौं ३१ बैशाख । निर्वाचनको अवधिभरमा तीन जनाले ज्यान गुमाएका छन् । पछिल्लो केहीसाता यता देशका विभिन्न क्षेत्रमा भएका झपडमा परी तीन जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । शनिवार सम्म दुई जनाले ज्यान गुमाएकोमा आज दोलखामा थप एक जनाको ज्यान गएपछि मर्नेको संख्या तीन पुगेको हो ।

उनीसँगै दोलखामा मात्रै दुई जनाले ज्यान गुमाएका छन् । गत साता एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको थियो । त्यसैगरी शनिबार राति काभ्रेको नमोबुद्धमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो । सशस्त्रको गोली लागेर नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको ज्यान गएको थियो । गत सातादेखि नै तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा मतदानको दिन थप एकजनाको ज्यान गएको हो ।

मेलुङ गाउँपालिका मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए । उनको सनाखत भने हुन सकेको छैन् । घटनामा चार जना घाइते भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org