ताजा समाचार

काठमाडौं, पोखरा र भरतपुरको मतगणना आजदेखि


काठमाडौं, १ जेठ । तीनवटा महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता आज बिहानदेखि शुरु हुँदैछ । ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको छ ।

काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि आइतबार रातिदेखि नै मतगणना सुरु भएको छ ।मनाङ, रुकुम, जुम्ला, नवलपरासी आदि जिल्लामा केही स्थानीय तहमा पनि राति देखि नै मतगणना सुरु भएको छ ।

ललितपुरमा २९ वटा वडा रहेका छन्। सबै वडामा गरी झण्डै ८० प्रतिशत मतदान भएको छ। यहाँ १४ जना मेयर र ११ जना उपमेयर उम्मेदवार छन्। मतपरिणाम सोमबार रातिसम्ममा आइसक्ने आशा गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org