नदीमा पानीको सतह बढेपछि यातायात सेवा अवरुद्ध
गाईघाट (उदयपुर), १ जेठ । यस वर्ष वर्षायाम सुरु हुनु अगाडि नै निरन्तर वर्षा हुन थालेर विभिन्न खोला, नाला तथा नदीमा पानीको सतह बढ्न थालेसँगै उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सञ्चालन हुँदै आएको यातायात सेवा अवरुद्ध हुन थालेका छन् ।
उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङ दिक्तेलसम्म सिधै सञ्चालन हुँदै आएको यातायातका साधन अहिले गाईघाट दिक्तेल सडकखण्डको बीचमा पर्ने नदी खोलामा पानीको सतह बढेसँगै नियमित यातायात सेवा सञ्चालनमा अवरुद्ध हुन थालेको यातायात व्यवसायी बताउँछन् ।
एक हप्तादेखि यता निरन्तर वर्षा हुन थालेपछि खोटाङको राजापानी र बतासेबीचमा पर्ने साप्सु खोलामा पानीको सतह बढेको र पुल नभएको कारण गाईघाट दिक्तेल सडकखण्ड भएर सिधै सञ्चालन हुने यातायातका साधन सञ्चालनमा अवरुद्ध भएको यातायात सञ्चालक बद्री श्रेष्ठ बताउनुभयो ।
साप्सु खोलाको पानीको सतह बढेसँगै गाईघाटबाट दिक्तेल र दिक्तेलबाट गाईघाटसम्म सञ्चालन हुने यातायात साधन साप्सु खोलाबारी र पारी नै रोकिनु परेको स्थानीय वासुदेव रेग्मीले बताउनुभयो ।
यस्तै निरन्तर वर्षाको कारण सुनकोसी नदीको सतह समेत बढेपछि गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोसीमा लगाइएको बेलीबृजमा समेत पानीको सतह आइपुगेको कारण बेलीबृज खोल्न पर्ने अवस्था आएको छ ।
सुनकोसीमा नदीको सतहले बेलीबृजलाई छुन थालेपछि यातायात सञ्चालन खतरा भएको कारण बेलीबृज खोल्ने कार्य सुरु गर्न लागिएको समेत गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले बताएको छ । यातायात सेवा सञ्चालनमा अवरुद्ध हुन थालेपछि दैनिक सयौँको सङ्ख्यामा यात्रु १५८ किलोमिटरसम्म गाईघाट दिक्तेल सडकखण्डको दूरीको यात्रा पैदल हिँड्न पर्ने बाध्यता भएको खोटाङ राजापानीका घनस्याम रेग्मीले बताउनुभयो ।
गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा स्थायी पक्की पुल निर्माण नहुँदा हिउँदमा बेलीबृज जडान गरिने भएता पनि वर्षायाममा नदीको सतह बढ्ने गरेपछि बेलीबृज खोलिने गरेको छ भने अन्य नदी खोलामा अहिलेसम्म पनि पुल निर्माण नहुँदा वर्षायाममा सो सडकखण्डमा यातायात सेवा अवरुद्ध हुँदै आएको यातायात व्यवसायी बताउँछन् ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












