ताजा समाचार

कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्ति राप्रपा उम्मेदवार

कालिकोट, १ जेठ । कालिकोटमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । घटनामा घाइते भएका ३ जनालाई आज विहान हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । नरहरिनाथ गाउँपालिका ६ को नन्दादेवी मावि मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा विप्लव समूहले आक्रमण गरेको थियो । बम हान्नुका साथै मतपेटिका खोसेपछि सुरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको थियो ।

घटनामा वडा नम्बर ६ का वडाध्यक्षका राप्रपा उम्मेदवार धनरुप बटालाको निधन भएको छ । घटनामा उनी घाइते भएका थिए । तर, पानी परेको र विप्लव समूहले बम हानिरहेका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको र उनको निधन भएको खबर आएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले अनलाइनखबरलाई बताए ।

घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि आज विहान हेलिकोप्टरबाट पठाइएको छ । घटनामा पाँचजना सुरक्षाकर्मी पनि घाइते भएका छन् । विप्लव समूहले मतपत्र जलाएका छन् । उक्त मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने निर्वाचन आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org