ताजा समाचार

बाग्लुङको गलकोट नगरपालिकामा कांग्रेसका भरत शर्मा विजयी


बाग्लुङ, ३ जेठ । बाग्लुङको गलकोट नगरपालिका प्रमुखमा कांग्रेसका भरत शर्मा विजयी भएका छन् । मेयरमा कांग्रेसका भरत शर्मा गैरे ५ हजार ८ सय १४ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चा र एमाले गठबन्धनका टंकबहादुर केसीले ३ हजार ६२ मत मात्र ल्याए ।

त्यस्तै उपमेयरमा कांग्रेसका रेनुका काउचाले ६ हजार ९९ मत प्राप्त गर्दै विजयी भएकी छन् । राष्ट्रिय जनमोर्चा र एमाले गठबन्धकी रत्ना भण्डारीले ३ हजार ३ सय ५४ मत प्राप्त गरन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org