ताजा समाचार

मकवानपुरको बाग्मती गाउँपालिका प्रमुखमा माओवादी विजयी

मकवानपुर, ३ जेठ । मकवानपुरको बाग्मती गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सर्केस घलान मघु विजयी भएका छन् । घलान ३ हजार २ सय २१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार राजकुमार तिमल्सिनाले ३ हजार ८६ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने नेकपा एमालेका धनमाया स्याङतान विजयी भएकी छन् । स्याङतान ३ हजार १ सय ४४ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बच्चुगोले खड्काले ३ हजार १ सय ४० मत प्राप्त गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org