ताजा समाचार

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमालेका कमल नेपाल विजयी

सिन्धुपाल्चोक, ३ जेठ । सिन्धुपाल्चोकका लिसंखुपाखरा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । ११ स्थानीय तहमध्ये पहिलो पटक सकिएको लिसंखुपाखर गाउँपालिकाको अध्यक्षमा एमालेका कमल नेपाल विजयी भएका हुन् ।

लिसंखुपाखरको अध्यक्षमा नेकपा एमालेका जिल्ला सचिव कमल नेपाल ३० मतको अन्तरमा बिजयी भएका हुन् । २ हजार ७६१ मतसहित नेपाल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजु लामाले २ हजार ७३१ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै हेमगंगा मोक्तान २ हजार ८ सय ५२ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी फूलम लामाले २ हजार ४१७ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाका ६ ओटा वडामध्ये माओवादीले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org