ताजा समाचार

रामेछापको लिखुमा एमाले र दोरम्बामा माओवादी विजयी

रामेछाप, ४ जेठ । रामेछापको लिखु गाउँपालिकामा एमालेका गोविन्दबहादुर खड्का विजयी भएका छन् । उनले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर राउतले २ हजा ५३ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकै दिपशिखा दाहाल विजयी भएकी छन् । उनले ४ हजार ६ सय ५ मत ल्याईन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कल्पना खड्काले २४८० मत ल्याईन् ।

त्यस्तै दोरम्बा गाउँपालिकामा माओवादी केन्द्रका कमानसिंह तामाङ विजयी भएका छन् । उनले ४ हजार २ सय ४१ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार लामाले ३ हजार ७ सय ४४ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै क्रिशला घिसिङ विजयी भएकी छन् । उनले ४ हजार ३ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुभद्रा कँडेल पाठकले ३ हजार ५ सय ९९ मत ल्याईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org