ताजा समाचार

दोलखाको विगु गाउँपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा माओवादी विजयी


दोलखा, ४ जेठ । दोलखाको विगु गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका युधिष्ठिर खड्का विजयी भएका छन् । उनले एमालेका उम्मेदवारले भन्दा १४ सय ३७ मत बढि ल्याएका छन् । उनले ४ हजार २३ मत र एमालेका सुन्दर लामिछानेले २ हजार ५ सय ८६ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका संजीब ओली विजयी भएका छन् । बिगुको ८ वटा वडा मध्ये चार वटा वडामा माओवादी केन्द्र, तीन वडामा नेपाली काँग्रेस र एउटा वडामा एमालेले जीत हासिल गरेको छ ।

दोलखाको तामाकोशी, गौरीशंकर, सैलुङ र कालिन्चोक गाउँपालिकाको मत गणना भैरहेको छ । वैशाख ३१ गते स्थगित भएको मेलुङ गाउँपालिकाको चुनावको मिति भने अझै तोकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org