ताजा समाचार

धादिङको ज्वालामुखी गाउँपालिका प्रमुखमा कांग्रेस उपप्रमुखमा एमाले विजयी


धादिङ, ४ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विनोद तिमल्सिना विजयी भएका हुन् । नेकपा एमालेका रामप्रसाद अधिकारीलाई २४ मत पराजित गर्दै विनोद विजयी भएका हुन् । तिमल्सिनाले ५ हजार ९ सय ५४ मत प्राप्त गरे भने अधिकारीले ५ हजार ९ सय ३० मत प्राप्त गरे ।

यसैगरि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका जानुका सिंखडाले ५ हजार ७ सय ७९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले ४ हजार ८ सय ९४ मत प्राप्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org