ताजा समाचार

म्याग्दीको मंगला गाउँपालिकामा एमाले सतप्रसाद रोका विजयी

म्याग्दी, ४ जेठ । म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमाले सतप्रसाद रोकाले ३ हजार ६सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकीले २ हजार ६ सय ८९ मत ल्याए ।

उपाध्यक्षमा नेकपा एमालेकै सिर्जना केसी ३ हजार ७ सय २ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका हुमादेवी फगामीले १ हजार ९ सय ६७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल ११ हजार ५८ मतदाता रहेको मंगला गाउँपालिकामा ७ हजार ३ सय ५५ मत खसेको थियो । यो गाउँपालिकाको १, २, ३ र ५ नम्बर वडामा नेकपा एमाले तथा ४ नम्बर वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org