ताजा समाचार

आफ्नै विद्यार्थी लिन गएको बसले किचेर ९ कक्षामा अध्ययनरत छात्राको मृत्यु

विरगञ्ज, ८ जेठ । विद्यार्थी लिन गएको बसले कुल्चेर एक छात्राको ज्यान गएको छ । आज विहान विरगन्जको महावीरआस्थानमा स्कुलको विद्यार्थी लिन गएको बसले किचेर विरगन्जमा रहेको कादम्बरी एकेडेमीमा कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहान ८ः३० बजेतिरको समयमा ना २ ख ८९३ नम्बरको बसले कुल्चेर दीयाको ज्यान गएको हो । घटनापछि अहिले स्थानीय निकै आक्रोशित भएका छन् भने, स्थिति तनावपूर्ण छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । दीया स्कुल जाने तयारीमा थिइन् । त्यतिबेला स्कुलको बस आइपुग्यो ।

छात्रा बसमा चढ्ने क्रममा बसको ढोकामा उक्लदै गर्दा बस गुड्न थालेको थियो । छात्रा अनियन्त्रित भइन् र सडकमा लड्न पुगिन । बसले उनलाई कुल्चियो । गाडि ब्याक गरेर बालिकालाई कुल्चिएको प्रत्यक्षदर्शीले बताएका छन् । कक्षा ९ मा अध्ययनरत १३ बर्षीया छात्रा स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org