ताजा समाचार

पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

काठमाडौं, १४ जेठ । आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । आइतबार बसेको संसद बैठकबाट बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो । निर्वाचन आचार संहिताका कारण पुरानै आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ । नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको चुनाव सुनिश्चित भएको बताए ।

मधेस केन्द्रित दललाई पनि विश्वासमा लिने गरी काम गरेकाले चुनावमा कुनै अन्यौल नरहेको उनको भनाई छ । उनले भने, ‘मैले देश र नागरिकलाई सोचेर काम गरेँ । आफ्नो र पार्टीको स्थिती नसोचेकाले चुनाव भयो ।’ आफ्नो प्रधानमन्त्री कालको १० महिनामा भएको कामको मूल्यांकन इतिहासले गर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org