ताजा समाचार

विमान दुर्घटनामा गम्भीर घाइते भएकी सहचालक अनितालाई काठमाडौं ल्याइँदै

काठमाडौं, १७ जेठ । बाजुराको कोल्टीमा नेपाली सेनाको कार्गो विमान दुर्घटनामा घाइते भएकी सहचालक अनिता आले मगरलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ । कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि उनलाई भेन्टिलेटरमा राखेर काठमाडौं ग्राण्डी अस्पताल ल्याउन लागिएको नेपाली सेनाले जनाएको छ ।

घाइते अनितालाई नेपाली सेनाकै हेलिकोप्टरबाट ल्याउन लागिएको पारिवारिक सदस्य नारायण घर्ती मगरले जानकारी दिए । गम्भीर घाइते भएकी सहसेनानी अनिताको अवस्था गम्भीर तर स्थिर छ ।

कोहलपुर मेडिकल कलेज प्रशासनले भने अनिताको अवस्था नाजुक रहेको भन्दै उनलाई भेन्टिलेटरबाट निकालेर हेलिप्याडसम्म लैजान सक्ने अवस्था नरहेको बताएको छ । अस्पतालबाट हेलिप्याड करिव ३ सय मिटरको दूरीमा छ ।

दुर्घटनामा चालक कैलाश गुरुङको मृत्यु भएको थियो । प्राबिधिक सुबेदार पूर्णबहादुर खड्का भने सामान्य घाइते भएकाले उनको उपचार छाउनी अस्पतालमा भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org