ताजा समाचार

भरतपुरमा मतपत्र च्यात्ने दुई माओवादी कार्यकर्ताविरुद्ध मुद्दा दर्ता

चितवन, १७ जेठ । भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यात्ने दुईजना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा पक्राउ गरेका दुईजना विरुद्ध कसुर तथा सजाय ऐन २०७३ दफा १६ अनुसार मुद्दा दर्ता गरेको हो ।

मतपत्र च्यात्ने माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटी विरुद्ध चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।

मतगणना भइरहेको अवस्थामा मतपत्र च्यात्ने र जवरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । गएको १४ गते भरतपुरको वडा नम्बर १९ को मतगणना हुँदै गर्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org