ताजा समाचार

रसुवाको मैलुङखोला जलविद्युतले आजदेखि साधारण शेयर वितरण गर्दै

रसुवा, १७ जेठ । रसुवाको डाँडागाउँमा रहेको मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि जिल्लाका बासिन्दाका लागि प्राथमिक शेयर अर्थात आइपीओ निष्काशन गरेको छ । आयोजना प्रभावित क्षेत्र र आयोजना निर्माण भएको रसुवाका सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले बितरण गर्ने ११ करोड ४३ लाख कित्ता सेयर मध्ये पहिलो चरणमा रसुवाका बासिन्दालाई तीन लाख ६८ हजार १४४ कित्ता सेयर बितरण गरिन लागेको कम्पनीका प्रबन्धक बसन्त मरहठ्ठाले जानकारी दिए ।

पहिलो चरणमा स्थानीय बासिन्दाका लागि प्रति शेयर १०० रुपैयाँमा तीन लाख ६८ हजार १४४ कित्ता शेयरमध्ये आयोजना प्रभाबित क्षेत्र साविकका हाकु, डाडागाउँ र राम्चे गाविसका प्रभावितलाई एक लाख ८४ हजार ७२ कित्ता र बाँकी एक लाख ८४ हजार ७२ कित्ता सेयर जिल्लाका बासिन्दालाई बितरण गर्न लागिएको कम्पनीका प्रबन्धक बसन्त मरहठ्ठाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org