ताजा समाचार

२० लाख ९६ हजार पर्ने रेनोको नयाँ गाडी नेपाली बजारमा

काठमाडौं, १९ जेठ । रेनोको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रुपको सहायक कम्पनी एडभान्स अटो मोबाइल्सले अल न्यू रेनो क्विड एएमटी सार्वजनिक गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नयाँ रेनो क्विड एएमटीमा ईजी–आर टेक्नोलोजी (इजि आर) ५, स्पीड एएमटी प्रविधि रहेको जनाइएको छ । यसको ड्यस माउन्टेड एएमटी डायलमा तीन प्रकारका मोड रहेका छन् । रिजर्भको लागि आर न्यूट्रलका लागि एन तथा ड्राइभका लागि डी रहेको छ । यस्तै, सहज रुपमा गाडी चलाउने डिजाइन बनाईएको पनि कम्पनीले जनाएको छ ।

यो गाडी चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्ने जनाइएको छ । रेनो क्विड एएमटी रेन्जको शुरुवाती मूल्य २० लाख ९६ हजार ५ सय रुपैयाँ छ ।

रेनो क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति, र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको कम्पनीको दावी छ । क्विड एएमटी २ संस्करणमा उपलब्ध रहेको छ । रेनो क्विड १.० लिटर एएमटी आरएक्सटी ओ तथा रेनो क्विड १.० लिटर एएमटी आरएक्सएल छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org