ताजा समाचार

शिक्षा ऐन संशोधन भएको १० महिनापछि शिक्षा नियमावली पारित भयो

काठमाडौं, १९ जेठ । विधेयक समितिले शिक्षा नियमावली पारित गरेको छ । शुक्रबार बसेको समितिको बैठकले शिक्षा नियमावली २०७३ पारित गरेको हो ।  गएको असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । ऐन संशोधन भएको १० महिनापछि नियमावली आएको हो । नियमावली आउन ढिलाई हुँदा शिक्षा क्षेत्रमा अन्यौलता बढेको थियो ।

शिक्षा नियमावली पारित भएसँगै नेपालको शिक्षा प्रणालीमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ । शिक्षा, संघीय मामिला तथा स्थानीय विकास र अर्थ मन्त्रालयका सहसचिवहरु सम्मिलित प्राविधिक समितिले दिने सुझाव र राय समावेश गर्ने गरी शुक्रबारको बैठकले नियमावली पारित गरेको शिक्षा मन्त्री धनिराम पौडेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org