ताजा समाचार

एउटै पदमा सासू–बुहारी एमाले र माओवादी केन्द्रबाट प्रतिष्पर्धा

इलाम, १९ जेठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका–१ मा एउटै पदका लागि सासू–बुहारीको जुहारी चलेको छ । यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेबाट सासू दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।

अहिले बुहारी चुनाव प्रचार–पसारमा हिँडिरहेकी छन् । ‘एउटै घरमा तीनरचारओटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू–बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौं’–सीताले भनिन् । एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि आफूहरुबीच कुनै घरायसी समस्या नभएको दिलमाया बताउँछिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org