ताजा समाचार

मुलुक बिखण्डन गर्न खोज्नेविरुद्ध नेपाली सेना तमासा हेरेर बस्दैनः प्रधानसेनापति क्षत्री

पोखरा, १९ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना बिखण्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । मुलुकमा सामाजिक सद्भाव खल्बलाउने दुस्प्रयास भइरहेको भन्दै सेनापति क्षत्रीले नेपाली सेनालाई संविधानले दिएको अधिकार प्रयोग गरी बिखण्डनकारीहरुलाई परास्त गर्ने बताए ।

पोखराको फुलबारी ब्यारेकमा आयोजित भूपूसैनिक सम्मेलनलाई सम्बोधन गर्दै सेनापति क्षत्रीले राजनीतिक बहानामा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको आरोप लगाए । मुलकभित्र बसोबास गर्ने अनि बिखण्डनकारी भूमिका खेल्दै सामाजिक सद्भाव खल्बल्याउने दुसप्रयास गर्नेलाई नेपालको संविधानको अधिनमा रही परास्त गर्न नेपाली सेना तयार रहेको उनको भनाई छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गर्नका लागि सेना प्रवद्ध रहेको उनले बताए ।प्रधानसेनापति क्षत्रीले पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गन नेपाली सेनाको ठूलो भूमिका खेलेको र दोश्रो चरणमा सेनाले आफ्नो तर्फबाट निभाउनुपर्ने भूमिका निभाउने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org