ताजा समाचार

काभ्रेको कोशीपारी जाँदै गरेको गरेको बस तीनपिप्लेमा दुर्घटना, ३५ जना घाइते

काभ्रे, २१ जेठ । काभ्रेमा यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारी मदाान कुंडारी जाँदै गरेको यात्रुवाहक बस काभ्रेको तीनपिप्ले भन्ने स्थानमा आइतवार बिहान दुर्घटनामा परेको हो ।

बा २ ख ६४४१ नम्बरको यात्रु बोकेको गाडी काभ्रेको तीनपिप्ले हनुमानगढीमा दुर्घटनामा परेको काभ्रेका डिएसपी नवीन राइले जानकारी दिए । दुर्घटनामा ३५ जना घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । गाडी सडकबाट तीन मिटर तल खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org