ताजा समाचार

स्वास्थ्य क्षेत्रलाई अझै सुधार गर्न फेरी स्वास्थ्यमन्त्री बन्ने गगन थापाको ईच्छा

काठमाडौं, २१ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई सुलभ गुणस्तरीय र दीर्घकालिन बनाउन महत्वपूर्ण कामको थालनी भएको बताएका छन् ।

आफ्नो कार्यकालका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यो १० महिनामा निःशुल्क औषधि, डाक्टर, स्वाथ्यकर्मी लगायत जनशक्तिको व्यवस्थापन, विभिन्न नीति तर्जुमा, संघीयता अनुसार स्वास्थ्य संस्थाको ब्यवस्था लगायत प्रक्रिया सुरु गरेको बताए ।

सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन आफूले सुरु गरेको प्रक्रियाको अब स्वास्थ्य मन्त्रालय आउने जो कसैले पनि कार्यान्वयन गर्न पहल गर्नुपर्नेमा उनको जोड छ । यस्तै थापाले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकोले नयाँ सरकारमा फेरि पनि स्वास्थ्य मन्त्री बन्ने ईच्छा देखाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org