आयोगको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप छैनः कानुनमन्त्री नायक
भक्तपुर, २१ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले भरतपुरमा मतपत्र च्यातिएको सम्बन्धमा आयोगले गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नरहेको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्नुहुँदै उहाँले निर्वाचन आयोगले कानुन बमोजिम गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नभएको बताउनुभएको हो ।
भरतपुको विषयलाई माओवादी नेतृ रेणु दाहालले उम्मेदवारी दर्ता गराएलगत्तै एमालेले अतिरञ्जित पारेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगको विषयमा सरकार वा कोही कसैले हस्तक्षेप गर्ने कुरा हुँदैन र मिल्दैन, भरतपुरको विषयमा सरकारको तर्फबाट आयोगमाथि कुनै हस्तक्षेप छैन’ मन्त्री नायकले यसअघि पनि भरतपुरको सम्बन्धमा निर्वाचन आयोगले गर्ने निर्णय सरकारलाई मान्य हुने प्रष्ट पार्नुभएको थियो ।
उहाँले निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताउनुभयो । आयोगले गरेको निर्णय सबै दलले स्वीकार्नुपर्नेमा जोड दिनुहुँदै उहाँले भन्नुभयो, ‘नबुझिने गरी मतपत्र च्यातिएपछि पुन मतदान गर्ने विषय कानुनमै उल्लेख भएको विषय हो, विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण हामीसँग छ, अहिले एमालेले यो घटनालाई अतिरञ्जित गर्न आवश्यक छैन’
मन्त्री नायकले आयोगले निर्णय गरिसकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र पधानमन्त्री चयन प्रक्रिया प्रभावित बनाउन खोज्नु ठिक नभएको बताउनुभयो । उहाँले एमालेजस्तो संसदीय अभ्यासमा पोख्न दलले निर्वाचन आयोगको विरुद्धमा संसद अवरुद्ध पारेर संकीर्ण मानसिकता बोकेको बताउनुभयो ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...