ताजा समाचार

संसदको गतिरोध खुलाउन विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं, २१ जेठ । संसदको गतिरोध खुलाउने विषयमा छलफल गर्न अहिले शीर्ष नेताहरुको बैठक बसिरहेको छ । सभामुख ओनसरी घर्तीको आग्रहमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको हो । बैठकमा संसदको गतिरोध अन्त्य गरेर प्रधानमन्त्री निर्वाचन गराउने विषयमा छलफल भईरहेको छ ।

संसद सचिवालयले प्रधानमन्त्री चयन गर्न आज बिहान ११ बजे संसद बैठक बोलाएको थियो । तर एमालेले संसद बैठक अवरुद्ध गर्ने बताएपछि बैठक ३ बजेसम्मको लागी स्थगित भएको छ । सभामुख घर्तीले बैठक स्थगित गरेर अहिले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफल गरिरहेकी छन् ।

बैठकमा काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ट नेता रामचन्द्र पौडेललगायतको सहभागिता छ । त्यस्तै एमालेको तर्फबाट अध्यक्ष केपी ओली, वरिष्ट नेता झलनाथ खनाल र माधवकुमार नेपालको सहभागिता रहेको छ भने माओवादी केन्द्रको तर्फबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलगायतको उपस्थिति रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org