ताजा समाचार

म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ लुटेरा २ करोड रुपैयाँसहित पक्राउ

काठमाडौं, २१ जेठ । म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ जना लुटेरा पक्राउ परेका छन् । गत शुक्रबार महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकुमार विकबाट रकम लुटिएको थियो ।

प्रहरीको टोलीले काठमाडौंका विभिन्न स्थानबाट सरोज श्रेष्ठ, तारा बोहोरा, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापालाई पक्राउ गरेको सोह्रखुट्टे बृतका प्रमुख डिएसपी सौमेन्द्र राठैरले जानकारी दिए । लुटेराहरुको साथबाट प्रहरीले साढे २ लाख रुपैयाँ मात्र बरामद गरेको छ ।

लुटमा संलग्न अन्य केही ब्यक्ति भने पैसा लिएर फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितले आफूहरुले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी रु ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नम्बरको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् । जग्गाको कारोबारका लागि आफूहरुले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org