ताजा समाचार

मिडाट अस्पतालले गल्ती स्वीकार्दै मृतकका परिवारलाई ३० लाख रुपैयाँ दिने

ललितपुर, २१ जेठ । ललितपुरको लगनखेलस्थित मिडाट अस्पतालले आफ्नो गल्ती स्वीकार गर्दै मृतकका परिवारलाई ३० लाख रुपैयाँ दिने भएको छ । मिडाट अस्पत्तालले गल्ति स्वीकार गर्दै मृतकका परिवारलाई सहयोग स्वरुप ३० लाख रुपैयाँ सहयोग गर्ने सहमति गरेको हो ।

अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा नाराबाजी सहित विरोध जनाएपछि अस्पतालले उक्त रकम दिन सहमति जनाएको हो । विरामीका आफन्तले दोषीलाई कारवाही हुनुपर्ने तथा मृतकलाई उचित क्षतिपूति दिइनुपर्ने माग राख्दै अस्पताल परिसरमा केही बेर नारा जुलुस गरेपछि अस्पतालले क्षतिपुर्ति दिन सहमति जनाएको हो ।

यद्यपी पीडित पक्ष र अस्पताल प्रशासनबीच सम्झौता हुन अझै बाँकी छ । मृतकका आफन्तले अस्पताल समक्ष ६० लाख रुपैयाँ क्षतपूर्ति बापतको रकम माग गरेका थिए । पेट दुख्ने समस्याका कारण गत जेठ १५ गते मिडाट अस्पताल भर्ना भएकी बनेपा १० नमोवुद्ध अस्थाई घर भएकी बनेपा ८ की ५३ वर्षीया रोजकुमारी श्रेष्ठको गत जेठ १६ पाठेघरका शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया पश्चात्त उपचार गर्ने क्रममा विरामीलाई पेट फुल्ने समस्या तथा असहज महसुस भएपछि विरामीको ज्वाई लगायत आफन्तको दवावमा अस्पताललाई त्यसबारे थप उपचार गर्न लगाइएको थियो । उपचारका क्रममा भिडियो एक्सरे गर्दा पाठेघरको शल्यक्रियाका क्रममा नजिकैको आन्द्रा काटिएर त्यसमा प्वाल भएको र त्यसबाट दिशा चुहिएर पेटमा संक्रमण भएको पाइएको थियो ।

लगत्तै, अस्पतालका अर्का चिकित्सक मनिस श्रेष्ठको टिमले उक्त आन्द्राको शल्यक्रिया गरेको थियो । त्यसको करिब १५ घण्टा जति पछि बिरामीलाई स्वास फेर्न अप्ठेरो भई समस्या देखिए पछि बल्ल अस्पतालले आफूकहाँ आईसीयू नभएकोले पाटन अस्पताल लैजान भनेको थियो । पाटन अस्पताल लगेको करिब १५ मिनटमै विरामीको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org