ताजा समाचार

विप्लव कार्यकर्ताले कालो मोसो दलेका कैलालीका जिशिअले कार्यकक्षमै ग्रहशान्ति पूजा गरे

कैलाली, २२ जेठ । कैलालीका जिल्ला शिक्षा अधिकारीले कार्यकक्षमै ग्रहशान्ति पूजा लगाएका छन् । जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नै कार्यकक्षमा ब्राम्हण बोलाएर ग्रहशान्ति पूजा लगाएका हुन् । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भ्रष्टाचारीको आरोप लगाउँदै विष्टलार्इ कालोमोसो दलेका थिए ।

शुक्रबार कालोमोसो दलिएपछि तनावमा देखिएका जिशिअ विष्टले ग्रहशान्ति गराएका हुन् । सामाजिक रुपमा लज्जित महशुस गरेका जिशिअ बिष्टले ग्रहशान्तिका लागि आइतबार कार्यालयमै हवन गरेका हुन् ।

जिल्ला शिक्षा अधिकारी विष्टसँग सम्पर्क गर्दा कार्यकक्षमै ग्रहशान्ति पूजा गरेको स्वीकारेका छन् । तर, यो हरेक वर्ष गरिने नियमित पूजाकै निरन्तरता भएको पनि उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org