रोल्पाको सुकीदह गाउँपालिकामा श्रीमान चुनाव बहिस्कार गर्दै श्रीमती भने कांग्रेस उम्मेदवार
रोल्पा, २२ जेठ । रोल्पाको सुकिदह गाउँपालिकामा पनि यतिवेला चुनावी माहोल चलिरहेको छ । असार १४ गतेलाई तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सवैतिर चुनावी माहोल तातिरहेको छ । दुई दशकपछि भएको चुनावमा धेरै नयाँ नयाँ घटनाहरु सार्वजनिक भए । एउटै पदमा आमा छोरी, बाबु छोरा, दाई भाई तथा आफन्तहरुको उम्मेदवार परेको भन्ने समाचार सामान्य भईसकेका छन् ।
तर सुकिदह गाउँपालिकाको चुनावमा भने भिन्नै भईरहेको छ । सुकिदह गाउँपालिकामा श्रीमान चुनाव वहिस्कारमा रहेका छन्, भने श्रीमती काँग्रेसको तर्फवाट उम्मेदवार बनेकी छन् । श्रीमान श्रीमतीको यस्तो चर्चाको प्रत्यक्षमा मारमा उनीहरुका छोराछोरी परेका छन् ।
बिप्लब नेतृत्वको नेकपा माओवादीले चुनाव बहिस्कार गरेको छ । सो पार्टीको शिक्षक संगठनका जिल्ला नेता नेत्र वलीकी पत्नी अमृताकुमारी केसी भने कांग्रेसबाट सुकिदह गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् । अब मतदाता प्रश्न गर्न थालेका छन्, वलीले पार्टी निर्देशन मानेर चुनाव बहिस्कार गर्लान् कि अर्धाङ्गीनी अमृतालाई जिताउन मतदान गर्लान् ? वली विप्लव निकट शिक्षक संगठनको जिल्ला सदस्य छन् ।
कांग्रेसबाट उम्मेदवार बनेकी उनकी श्रीमती अमृता स्नातक पहिलो वर्षकी विद्यार्थी हुन् । तर, उनी राजनीतिक पृष्ठभूमिकी भने होइनन् । ‘अमृता पहिले कुनै पार्टी वा संगठनमा आबद्ध भएको थाहा थिएन । तर एकाएक उनलाई कांग्रेसले उम्मेदवार बनाएको थाहा भयो,’ सुकिदहका एक कांग्रेस कार्यकर्ताले भने ।
सुकिदहको चुनाव यति कारणले मात्रै चर्चित भएको पनि होइन । अझ रोचक कुरा चाहिँ के छ भने, अमृताका बुवा लिलाधर खत्री भने एमाले समर्थक हुन् । ठूलोबुवा कुलबहादुर खत्री कांग्रेसको राजनीतिमा सक्रिय थिए । पूर्वप्रधान समेत बनेका कुलबहादुरको निधन भइसकेको छ ।
सुकीदह गाउँपालिकामा नेकपा एमालेले निर्मलाकुमारी वलीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । निर्मलाका श्रीमान हिमामणी डाँगी भने वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । माओवादी केन्द्रबाट उपाध्यक्षमा रिताकुमारी घर्तीलाई उम्मेदवार बनाएको छ ।
८ कक्षा पढेकी उनी माओवादी केन्द्र सुकिदहकी कोषाध्यक्ष हुन् । तर, उनका बुवा राकेश डिसी भने राप्रपाको राजनीतिमा सक्रिय छन् । सुकिदहका कांग्रेस, एमाले र माओवादीका तीनवटै उम्मेदवारका चुनाबी एजेण्डा भने समान छन् । सुकिदहको विकास, लैंगिक समानता र महिला अधिकारका लागि आफूहरु लागीपर्ने उनीहरु बताउँछन् ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












