ताजा समाचार

राजधानीको बसुन्धारामा बसले ठक्कर दिँदा युवतीको घटनास्थलमै मृत्यु

काठमाडौं, २२ जेठ । राजधानीको बसुन्धारामा बसको ठक्करबाट एक युवतीको ज्यान गएको छ । जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा सोमबार बिहान ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा सुनसरीकी २३ वर्षीया रजिना चौधरीको घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले जेब्राक्रसिङबाट बाटो नकाट्ने २ सय रुपैयाँ जरिवाना लिईरहेका बेला यस्तो घटना सार्वजनिक भएको हो । सवारी धनीले पनि जेब्राक्रसिङमा बाटो काट्ने प्राथिमकता दिनुपर्ने प्रहरीले बताईरहेको छ । त्यस्तो नगर्ने सवारीलाई कारवाही गर्ने तयारी भईरहेको छ । यही समयमा भएको उक्त घटनाले सबैको ध्यान तानेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org