ताजा समाचार

सभा बोलाएर सञ्चालकहरु कटौती गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन

काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई साधारणसभा वा विशेषसभा बोलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले सभा बोलाएर प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्न निर्देशन दिएको हो ।

यो निर्देशनसँगै अब सञ्चालनमा रहेका १ सय १५ बैंक तथा वित्तीय संस्थाका करिब २ सय ३० सञ्चालकहरुको जागिर गुम्ने खतरा रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) लागु भएसंगै राष्ट्र बैंकले नयाँ व्यवस्था अनुसार सञ्चालकहरुको संख्या सम्बन्धि व्यवस्था गर्न सोमवार निर्देशन दिएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले ७ देखि ९ संख्यामा सञ्चालक राख्न सक्ने व्यवस्था रहेकोमा नयाँ जारी भएको बाफियाले यो संख्या ५ देखि ७ मा सिमित हुनुपर्ने व्यवस्था गरेको छ । पहिले यी संस्थाहरुमा अधिकत्तम १ हजार ३५ को संख्यामा सञ्चालक रहन सक्ने गरेकोमा अब कुल ८ सय ५ संख्यासम्म मात्र रहनु पर्ने भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org