ताजा समाचार

५ लाख घुससहित मातपोतका २ कर्मचारी मध्यराती अख्तियारको फन्दामा

बाँके, २३ जेठ । ५ लाख घुससहित नेपालगञ्जबाट मालपोत कार्यालयका २ जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलिले जिल्ला मालपोत कार्यालय बाँकेमा कार्यरत दुई कर्मचारीलाई ४ लाख ९८ हजार घुससहित गएराति पक्राउ गरेको हो ।

सोमबार राती साढे ९ बजे नेपालगन्जको एक रेष्टुरेन्टमा सेवाग्राहीसँग ४ लाख ९८ हजार घुस लिंदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । घुस लिदाँलिँदै पक्राउ पर्नेमा मालपोत कार्यालयका खरिदार नर बहादुर सारुमगर र लेखापढी व्यवसायी सर्जु थापा रहेको अख्तियार सम्पर्क कार्यालय कोहलपुरका सुचना अधिकारी निराजन शर्माले जानकारी दिए ।

काँरकाँदो स्थित जग्गा बिक्री प्रयोजनका लागि निर्णय प्रमाणित माग गरेका सेवाग्राहीलाई लामो समयदेखि काम रोकेर मागेको घुसको रकम बुझ्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको शर्माले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org